१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

वैशाख १५ मा हुने उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने बैठक मध्याह्न १२ बजे बस्ने तय गरिएको छ।

बैठकमा प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा छलफल हुनेछ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको छ।

प्रकाशित: २८ फाल्गुन २०८० ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App