१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कानून निर्माण र संविधान कार्यान्वयनमा भुमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको प्रतिवद्धता

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको भुमिका हुने बताएका छन्।

सोमवार राष्ट्रिय सभा सदस्यको रुपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरुले संविधानको पूर्ण रुपमा कार्यान्वयन गराउन आफूहरुको भुमिका हुने बताएका हुन्।

उनीहरुले संघीयताको कार्यान्वयन, शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र स्थानीय तह तथा प्रदेश सरकारको समस्या समाधानका लागि पनि आफूहरुको भुमिका हुने बताएका छन्। राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कानूनहरु नबनेका कारण संघीयता र संविधान कार्यान्वयनको सन्दर्भमा गुनासो आएको भन्दै आफ्नो ध्यान यसैमा बढि केन्द्रीत हुने बताए।

उनले भने, ‘संविधानको पूर्ण रुपले कार्यान्वयन गर्नुपर्छ। त्यसमा आवश्यक कानून निर्माण गर्ने कुरामा राष्ट्रिय सभाले भुमिका खेल्नुपर्छ। मुख्य कुरा त प्रतिनिधि सभाबाटै आउने हो बिलहरु, सरकारले ल्याउने हो। त्यसलाई द्रुत गतिले अगाडी बढाउनुपर्छ भन्ने मलाई लागेको हो। संघीयता कार्यान्वयन गरेन, संविधानको उपलब्धि सकिन लाग्यो भनि जति गुनासो छ, संविधानसँग जोडिएका कानुनहरु नबनेका कारणले र नीतिहरु नबनेका कारणले हो भन्ने मलाई लाग्छ। त्यसमा मेरो बढी ध्यान जान्छ।’

राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले राष्ट्र र जनताको पक्षमा विधि, विधान बनाउन भुमिका खेल्ने बताए। उनले राष्ट्रिय सभा सदस्यको रुपमा दुईवटै सदन र सरकारसँग समन्वय गरेर काम गर्ने बताए।

राष्ट्रिय सभा सदस्य मनरुपा शर्माले राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमुलक र गरिमामय बनाउन आफ्नो भुमिका हुने बताइन्। उनले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु टुंग्याउनका लागि आफूले भुमिका खेल्ने बताइन्।

राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रदेश र स्थानीय तहको समस्या समाधानका लागि आफ्नो भुमिका हुने बताए। उनले तिनै तहको सरकारलाई व्यवस्थापनका लागि नीति, निर्माणको तहबाट भुमिका खेल्नुपर्नेमा आफ्नो जोड हुने बताए।  

प्रकाशित: २१ फाल्गुन २०८० १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App