१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख देवराज घिमिरे प्रतिनिधि सभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिए।

बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका थिए।

यसअघि पनि सांसदहरुले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका थिए। सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिन सभामुखले रुलिङ गर्दै आएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८० १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App