शुक्रबार मस्को बाहिर भएको कार बम विस्फोटमा रुसी सैन्य अधिकारीको मृत्यु भएको रुसको अनुसन्धान एजेन्सीले बताएको छ।
रुसी सेनाको जनरल स्टाफमा मुख्य विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिकको बालाशिखामा आफ्नै कारमा राखिएको विस्फोटक उपकरणले हत्या भएको अनुसन्धान समितिले जनाएको छ।
समितिकी प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक उपकरणमा छर्रा प्रयोग भएको बताइन्। उनले अनुसन्धानकर्ताहरू घटनास्थलमा रहेको जानकारी दिइन्।
रुसी सञ्चारमाध्यमले एक अपार्टमेन्ट भवनको आँगनमा गाडी जलेको भिडियो देखाएका छन्। समितिले संदिग्धबारे केही उल्लेख गरेको छैन।
यो घटना लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्यापछि भएको हो। डिसेम्बर १७ मा उनको अपार्टमेन्ट बाहिर पार्क गरिएको स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा मृत्यु भएको थियो। रुसी अधिकारीहरूले किरिलोभको हत्यामा युक्रेनलाई दोष दिएका थिए। एपी
प्रकाशित: १२ वैशाख २०८२ १७:५६ शुक्रबार





