२ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

आरुघाटमा जोडियो बेलिब्रिज

गोरखा र धादिङलाई जोड्ने आरुघाटमा बेलिब्रिज निर्माण गरिएको छ।

असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको गोरखातर्फको २२ मिटर खण्ड बगाएको थियो।

बाढीले क्षति पुर्‍याएको सो स्थानमा नेपाली सेनाले बेलिब्रिज जडान गरी यातायात पुन: सञ्चालनमा ल्याएको हो। हाल मोटरसाइकलसहित पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ।

बुधबारदेखि अन्य सवारी साधन समेत सञ्चालन गर्न मिल्ने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जनाएका छन्।

बेलिब्रिज जडानसँगै गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः जोडिएको छ।

प्रकाशित: २ कार्तिक २०८३ १९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App