१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आजबाट राप्रपा सडक आन्दोलनमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना माग गर्दै आजबाट देशैभर प्रदर्शन गर्ने भएको छ। राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आजदेखि देशैभर प्रदर्शन गर्ने जनाएको छ।

ती मागहरूमा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाबाहेक प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तहसहित दुई तहको सरकार, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विषय रहेको राप्रपाले जनाएको छ।

आज प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाइसकेपछि देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको राप्रपाले जनाएको छ।

राप्रपाले यसपटकको आन्दोलनलाई निर्णायक आन्दोलन भनेको छ।

प्रकाशित: ९ फाल्गुन २०८० ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App