१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारले गठबन्धनभित्रै विश्वास जगाउन नसकेको विश्वप्रकाशको टिप्पणी

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गठबन्धनभित्रै भरपर्दो विश्वास जगाउन नसकेको टिप्पणी गरेका छन्।

ललितपुरको गोदावरीमा जारी पार्टी महासमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सो कुरा बताएका हुन्। 

महामन्त्री शर्माले नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न पनि सरकार पछि परेको बताए। संघीयताको मर्मअनुसार कानून निर्माण गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी रहेको पनि उनले औंल्याए। सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको दिशामा केही गर्न प्रयास गरेपनि संघीयताको मर्म अनुरुप प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउन निर्माण गर्नुपर्ने केही महत्वपूर्ण कानून निर्माणमा गर्नै नहुने ढिलाई गर्नु संघीय सरकारको एकदमै कमजोरी रहेको महामन्त्री शर्माको भनाई थियो। उनले प्रदेश सरकार र स्थानीय सरकारको कामको गति र प्रभावकारिता बढाउने गरी संघीयता सम्बन्धि कानूनको तत्काल व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।  

महामन्त्री शर्माले भने, ‘वर्तमान सरकारमार्फत कम्तिमा संविधान रक्षाको कार्यभार सम्पादन भएको छ। भ्रष्टाचार नियन्त्रण गर्न केही पहलकदमी, अनि अपर्याप्त भएपनि सुशासनको दिशामा केही प्रयास देखिएको छ। जटिल मोडमा पुग्दै गरेको अर्थतन्त्र क्रमश: सम्हालिदै सुधारोन्मुख दिशामा छ। यद्यपि नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न र गठबन्धनमै आवद्ध पार्टीका साथीहरुमा भरपर्दो विश्वास जगाउन सरकारले सकिरहेको छैन। संघीयताको मर्म अनुरुप प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउन निर्माण गर्नुपर्ने केही महत्वपूर्ण कानून निर्माणमा गर्नै नहुने ढिलाई संघीय सरकारबाट भएको छ। यो एकदमै कमजोरी हो। संघीयता खराव भन्नेले भनिदिँदा पुग्छ। तर आवश्यक हो भन्नेले त्यति भनेर पुग्दैन। कर्मले सावित गर्नुपर्ने हुन्छ। अधिकार सुम्पिनसम्म ढिलाई गर्दा त्यसले प्रदेश सरकारहरुको गति र प्रगतिलाई असर गरेको छ। संघीय सरकारले अविलम्व आफ्नो कर्तव्य निर्वाह गर्नु पर्छ। अघिकार प्राप्ती पछि प्रदेश सरकारहरुले आफ्नो गतिलाई दोब्बर बनाउनु पर्छ। वर्तमान सरकारको सफलता, असफलतासँग काँग्रेसको पनि छविन गाँसिएको छ। सरकारले गरेका राम्रा कामको जस लिन नसक्ने, तर अपजसहरुको भारी बोक्नुपर्ने? भन्ने प्रश्न र असन्तुष्टि काँग्रेस पार्टी पंक्तिमा देखिन्छ। पूरै ५ वर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ। तर अर्कोतर्फ नागरिकको अपेक्षा अनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ। काँग्रेसका केही मन्त्रीको कार्य सम्पादन सन्तोषजनक निश्चिय नै छ। तर केही मन्त्रीको भुमिका मन्त्रीको रुपमा प्रभावकारी बिल्कुलै देखिएको छैन। काँग्रेसका केही मन्त्रीहरुको कार्य सम्पादन सन्तोषजनक निश्चिय नै छ। तर केही मन्त्रीको भुमिका मन्त्रीको रुपमा प्रभावकारी बिल्कुलै देखिएको छैन। प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु एवं स्थानीय तहका हाम्रा नेतृत्वको कार्य सम्पादन प्रभावकारिताको समिक्षा प्रदेश कार्य समितिमार्फत अलग्गै गर्नुपर्ने छँदैछ। तर महासमितिको यो बैठक सबै तहको सरकारका रहेका पार्टी प्रतिनिधिलाई जन अपेक्षाको कसीमा खरो ढंगले उत्रने गरी कार्य क्षमता र गति बढाउन निर्देशित गर्दछ। पन्न भएको छ।’

प्रकाशित: ८ फाल्गुन २०८० १७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App