१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपाले फागुन ९ गते देशभर प्रदर्शन गर्ने

राप्रपाको बुधवारको बैठकमा उपस्थित नेताहरु

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलगायत जनजीविकासँग सम्बन्धित विभिन्न माग राख्दै फागुन ९ गते काठमाडौँसहित देशभर प्रदर्शन गर्ने भएको छ।

राप्रपाका वरिष्ठ नेता तथा पदाधिकारीहरूको बुधवार दिउँसो बसेको उक्त निर्णय गरेको हो। बैठकले यही दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई माग पत्र बुझाउने निर्णय पनि गरेको छ। 

राप्रपा केन्द्रीय कार्यालयमा अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको उपस्थितिमा, आन्दोलन परिचालन समितिका संयोजक डा.धवलशमसेर राणाको अध्यक्षतामा बसेको परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरू, उपत्यकाका जिल्ला अध्यक्षहरू, भातृ संगठनका प्रमुख लगायतको बैठकले ती निर्णय गरेको हो। 

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बुधवारको बैठकले फागुन ९ गते काठमाण्डौंलगायत देशभर प्रदर्शन गर्ने र प्रधानमन्त्री दाहाललाई माग बुझाउने कार्यक्रम छ । 

प्रकाशित: २ फाल्गुन २०८० १६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App