२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि, अध्यक्ष दाहालले ब्रिफिङ गर्ने

नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि सुरु हुँदैछ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि विधान सम्मेलन सुरु हुने कार्यक्रम रहेको छ।

तीन दिनसम्म चल्ने सम्मेलनमा पार्टीको विधान परिमार्जन गरिने छ। माओवादीले स्थायी कमिटी सदस्य गणेश साहको संयोजकत्वमा विधान मस्यौदा समिति बनाएको थियो।

उक्त समितिले मस्यौदा गरेको विधान पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव सङ्कलन गरिएको थियो। पार्टीका नेतृत्वदेखि तल्लो कमिटीहरूले दिएको सुझावमा सम्मेलनमा छलफल गरी निर्णय हुने बताइएको छ।

साथै आजको सम्मेलनमा विभिन्न विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले ब्रिफिङ गर्ने कार्यक्रम समेत रहेको छ

विधानसँगै सम्मेलनमा नियमावली समेत बनाउने विषयमा छलफल हुनेछ।

प्रकाशित: १ फाल्गुन २०८० ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App