१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त गरेका छन्।

पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्ति गरेका हुन्।

गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए।

तर, तत्कालनि महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन्।

यसबीचमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नियुक्ति सिफारिस कार्यान्वयन नभएको भनी स्मरण पत्र लेखेका थिए। माघ ३ गते गएको स्मरण पत्र र प्रतिनिधि सभाको सचिवबाट पाण्डेयले राजीनामा समेतलाई आधार मानेर सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: २३ माघ २०८० १७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App