एउटा भनाइ छ–सिसाको घरमा बस्नेले अर्काको घरमा ढुङ्गा हान्नु हुँदैन। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहार गरेको व्यङ्गको ढुङ्गाले अन्ततः उनको घरमा पनि क्षति पुराएको छ।
अभिनेत्री रेखा थापा अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांकेतिक रुपमा आलोचना गरे। एक सार्वजनिक कार्यक्रममा उनले देशको अवस्था चित्रण गर्दै ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए।
रेखाले पनि लिङदेनको नाम उल्लेख गरिनन्। तर बुझ्नेले बुझिहाले। राप्रपा अध्यक्ष लिङदेनकी छोरी उच्च शिक्षा अध्ययनका लागि एक वर्षदेखि अमेरिकामा छिन् भन्ने।
लिङदेनले रेखा थापाको नाम त उल्लेख गरेका थिएनन्। तर अमेरिकामा रहेकी रेखाले यो भनाइ आफूप्रति प्रहार गरेको बुझिहालिन। त्यसैले उनी पनि आक्रोशित बनिन्। राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेकी उनी पार्टीको महाधिवेशनमा लिङदेनकै प्यानलबाट महामन्त्रीमा उठेर पराजित बनेकी थिइन्।
तर यस पटक सामाजिक सञ्जालको सवाल जवाफमा उनी पराजित हुन चाहिनन्। लिङदेनको भनाइलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनिन्। सामाजिक सञ्जालमै जवाफ फर्काइनन्।
‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो! अमेरिकामा किन राखेको?’, रेखाले पनि लिङदेनको नाम उल्लेख गरिनन्। तर बुझ्नेले बुझिहाले। राप्रपा अध्यक्ष लिङदेनकी छोरी उच्च शिक्षा अध्ययनका लागि एक वर्षदेखि अमेरिकामा छिन् भन्ने।
प्रकाशित: १४ माघ २०८० ०६:२४ आइतबार