१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचन आज, १९ पदका लागि बिहान ९ बजेबाट मतदान

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा आज बिहान ९ बजेबाट मतदान सुरु हुनेछ।

निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन्। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ भने सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन्। आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन्।

यस्तै कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ÷छ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित: ११ माघ २०८० ००:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App