१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पर्यटन प्रवर्द्धनका लागि पुरानो गाउँको खोजी भइरहेको छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि पुरानो गाउँको खोजी भइरहेको बताएका छन्।

बुधबार मन्त्रालयले आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले मन्त्रालयमा आफ्नो एक वर्षका उपलब्धिहरू सार्वजनिक गर्दै ६० वटा भन्दा पुराना गाउँको खोजी कार्य अगाडी बढाएको बताएका हुन्।

मन्त्री किराँतीले नेपालको पर्यटन प्रकृति, संस्कृति र साहसिक पक्षको सम्मिश्रण भएकोले पुरानो गाउँ खोजी गरेर नयाँ गन्तव्य पर्यटकीय गन्तव्य पहिचान गर्ने अभियानमा मन्त्रालयले काम गरिरहेको बताए। यसका लागि कार्यविधि तयार भइसकेको मन्त्री किराँतीले पत्रकार सम्मेलनमा जानकारी दिए।

‘मन्त्रालयले सम्पदा गाउँ निमार्णको काम बढाएको छ । पुरानो गाउँको खोजी नयाँ पर्यटन गन्तव्य होस भनी ६० वटा भन्दा बढी पुराना गाउँको खोजी बढाएको छ।’ मन्त्री किराँतीले भने, ‘सबैभन्दा पुरानो बस्ती लुम्बिनीमा भएको प्रमाणित भइसकेको छ। हामी यस्ता बस्तीहरू खोजिरहेका छौ। जहाँ रैथाने स्वाद छ।’

यस्तै मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको उल्लेख्य भूमिका भएको बताउँदै मन्त्री किराँतीले समयसापेक्ष पर्यटन ऐन ल्याउने प्रक्रियाको अन्तिम चरणमा पुगेको बताए। उनले पर्यटन ऐनसँगै संस्कृति ऐन पनि ल्याउने तयारी गरिरहेको बताए।

मन्त्री किराँतीले पर्यटन क्षेत्रको विकास र विस्तारको लागि समयसापेक्ष कार्ययोजनाहरु ल्याउने बताए। उनले वायुसेवा निगममा जहाज थप गर्ने, विभिन्न २३ वटा नचलेका विमानस्थलहरूमा चाडै नै  जहाज थपेर उडान गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने, हवाई नीति तथा ऐनहरु संशोधन गरिने बताए। 

मन्त्रालयमा आफ्नो वर्ष दिने कार्य अवधिमा विभिन्न साना देखी राष्ट्रिय गौरवका आयोजनालागिमा एक सय एक वटा कामहरू गरेको मन्त्री किराँतीले बताए।

प्रकाशित: ३ माघ २०८० १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App