२० श्रावण २०८३ बुधबार
image/svg+xml

लगान र गजनीका चर्चित अभिनेता प्रदीपको निधन

आमिर खान अभिनित सुपरहिट चलचित्रहरू ‘लगान’ र ‘गजनी’ मा खलनायकको दमदार भूमिका निभाएर ख्याति कमाएका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

भूमिहीनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई सरकारले कारबाही गर्ने

समितिले झुटा विवरण प्रमाणित भएमा त्यस्ता विवरण सिफारिस गर्ने सिफारिसकर्तासमेत कानुनी कारबाहीको दायरामा आउने स्पष्ट गरेको छ। भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (घ) बमोजिम यस्तो कसुरमा सजायको व्यवस्था रहेको समितिले सूचनामा उल्लेख गरेको छ।

मागअनुसार ग्यास आपूर्ति भइरहेको निगमको दाबी

नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।

रवीन्द्र मेहता निधन प्रकरण : सरकार र परिवारबिचको वार्ता सकारात्मक, शव परीक्षण गर्न सहमति

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्जमा भएको छलफलमा सरकारतर्फबाट परिवारका माग पूरा गर्ने प्रतिबद्धता जनाइएको छ।

चर्चित चील ज्याकीको स्वास्थ्य फेरि बिग्रियो : विश्वभरका प्रशंसक चिन्तित

अमेरिकाको क्यालिफोर्नियामा रहेकी लोकप्रिय चील ज्याकीको स्वास्थ्य फेरि बिग्रिएको छ। विश्वभरका लाखौं मानिस यसबाट चिन्तित भएका छन्।

सरकारका प्रवक्ताको प्रष्टिकरण: हिन्दु धर्मसम्बन्धी कुनै ठोस सहमति भएको छैन

उनले गृहमन्त्रीले विभिन्न पक्षसँग छलफल गरी आवश्यक विषयमा संवाद गर्न सकिने धारणा राखेको र उनीहरुले अघि सारेका मागमात्र बुझेको उल्लेख गरे।

मन्त्री चौधरीसँग युरोपेली संघका नेपालका लागि राजदूत लोरेन्जोको भेट

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

बाजुरामा खाद्यान्न अभाव अन्त्य गर्न महाप्रबन्धकलाई आपूर्ति मन्त्री यादवको निर्देशन

मन्त्री यादवले बाजुराका दुर्गम क्षेत्रमा १२ महिना नै खाद्यान्नको सहज आपूर्ति सुनिश्चित गर्न, आवश्यक जनशक्ति परिचालन गर्न र खाद्य डिपो स्थापना गरी प्रभावकारी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।

१४ थान अवैध इलेक्ट्रिक स्कुटर प्रहरी नियन्त्रणमा

सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा पाइने तथा सवारीचालक अनुमतिपत्रसमेत आवश्यक नपर्ने भएपछि वीरगन्ज र आसपासका स्थानीयले रक्सौलबाट इलेक्ट्रिक स्कुटर खरिद गरेर वीरगन्जमा प्रयोग गर्दै आएका थिए।

काठमाडौंको नयाँ परिचय बन्दै ‘फल्चा’

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर महानगरले निर्माण गरिरहेका फल्चामा परम्परागत स्वरूपलाई आधुनिक आवश्यकतासँग जोडिएको बताउँछन्।

कर्णाली निर्माण व्यवसायी महासंघको अध्यक्षमा बम

दुई दिनसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन भएको अधिवेशनमा अध्यक्ष मानव बमको सहजीकरणमा सर्वसम्मत रूपमा प्रदेश कार्यसमिति चयन भएको हो ।

गोलबजार गोलीकाण्ड : गृह मन्त्रालयको उच्चस्तरीय टोलीले छलफल सुरु गर्‍यो

उनका अनुसार टोलीले गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी घटनासँग सम्बन्धित विविध विषयमा जानकारी संकलन गरेको छ।

जानकी मन्दिरको महन्त गद्दीमा पुग्न नयाँ बहस : ट्रस्टमा नलगे बर्बादी सुरु हुने तर्क

बीस वर्षदेखि मन्दिरमा एकछत्र राज गरेका रामतपेश्वरको महन्त पद खुस्किन लागेपछि उनले ‘ट्रस्ट’ को कुरा उठाएको आरोप लागेको छ । तर रामरोशन ‘ट्रस्ट’ को पक्षमा छैनन् ।

पाकिस्तानले अल जजीरामाथि अघोषित प्रतिबन्ध लगायो

प्रधानमन्त्री शाहबाज शरीफको सरकारले यसबारे औपचारिक घोषणा गरेको छैन भने पाकिस्तान दूरसञ्चार प्राधिकरण वा अल जजीराले पनि आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।

अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले खोजे बैंकसँग समाधानका उपाय (सम्बोधनको पूर्णपाठसहित)

अर्थमन्त्री वाग्लेले मंगलबारको भेटघाटलाई औपचारिक छलफलभन्दा पनि अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरणका रूपमा लिन बैंकका प्रमुखहरूलाई आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्