२ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

नापजाँच भएको ‍१२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

सर्लाहीको विष्णु गाउँपालिका-५ र ६ का २७५ स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।

साविक सिमरा गाविसका वडा नं १ देखि ७ सम्म लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको ती परिवारले कानुनी स्वामित्व पाएका हुन्। नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रको नापजाँच र नक्साङ्कन २०७१ सालमै पूरा भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया बाँकी रहेकाले वितरण हुन सकेको थिएन।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको पहलमा लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि लालपुर्जा वितरण गरिएको उनको सचिवालयले जनाएको छ।

लालपुर्जा प्राप्त भएपछि स्थानीय परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित हुनुका साथै बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने र भूमिसम्बन्धी विवाद निरुपणमा सहयोग पुग्ने सचिवालयले उल्लेख गरेको छ।

प्रकाशित: २ मंसिर २०८३ २०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App