२ मंसिर २०८३ बुधबार
image/svg+xml
अपराध

रोमानिया र बेलारुस पठाउने भन्दै ५ जनासँग ४ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र बेलारुस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ का २८ वर्षीय रविन्द्र मगराती पक्राउ परेका छन्।

पाँच जना पीडितबाट ४ लाख २० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।

उनी काठमाडौं महानगरपालिका-२९ पवित्रनगरबाट पक्राउ परेका हुन्। मगरातीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८३ २०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App