१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेशमा आज स्वाभिमान दिवस मनाइँदै

मधेश प्रदेश सरकारले आज पहिलो स्वाभिमान दिवस भव्यताका साथ मनाउँदै छ। माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउन लागेको हो।

मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमका अनुसार गत बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले अबदेखि हरेक वर्ष माघ ३ मा स्वाभिमान दिवस मनाउने तर, सार्वजनिक बिदा भने दिइने छैन।

उनले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा अहिले ११ बजे विशेष कार्यक्रमको आयोजना गरिँदै छ।  

प्रकाशित: ३ माघ २०८० ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App