१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्यालयमा वर्षमानले किन बढाए सक्रियता ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेका कार्यशैलीमा क्रमभङ्ग गर्ने घोषणा गरे।

आफ्नै सचिवालय देखि मन्त्रीहरूको परम्परागत शैलीप्रति असन्तुष्ट दाहालले त्यसलाई बदल्ने दाबी गरेका थिए। त्यससँगै उनले आफ्नै सचिवालयको हेरफेरसहित प्रधानमन्त्री कार्यालयमा कर्मचारी व्यवस्थापनसहितका काम थालेका हुन्। त्यस क्रममा प्रधानमन्त्री दाहालले डेढ दर्जन सचिवालयमा कार्यरत व्यक्तिहरूलाई हटाएका छन्। साथै दाहालका प्रमुख राजनीतिक सल्लाहकार र हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत गरेका छन्।

प्रधानमन्त्री दाहालको प्रेस सल्लाहकारमा गोविन्द आचार्य, परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा, प्रशासनिक सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुलीका साथै प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा छोरी गंगा दाहाल र रमेश मल्लसहितका भने अहिले सचिवालयमा छन्। प्रधानमन्त्री दाहालले अहिले आफ्नो प्रमुख सहयोगीका रुपमा पार्टी उपमहासचिव वर्षमान पुनलाई लिएका छन्।

प्रधानमन्त्री दाहालले पुनलाई मन्त्री सरहको सेवा सुविधासहित सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए। मन्त्रिपरिषद् हेरफेरसँगै उनलाई सरकारमा ल्याउने प्रस्ताव गरे पनि पुनले सल्लाहकार बन्न अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ। बरु पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सहयोग गर्ने आश्वासन दिएका थिए। सोही अनुसार पुन अहिले प्रधानमन्त्री कार्यालय नियमित पुग्ने गरेका छन्। प्रधानमन्त्रीलाई सल्लाह दिने र लिने मात्र होइन दाहाल नभएका बेला कतिपय काममा उनले भूमिका खेल्दै आएका छन्।

स्वास्थ्यका कारण पछिल्ला दिनमा केही निष्क्रिय जस्तो देखिएका पुन दाहालका विश्वासपात्र हुन्। कम बोल्ने तर लगाएको काम इमानदारीपूर्वक गर्ने छवि बनाएका पुनलाई दाहालले पार्टीको महासचिव नै बनाउन चाहेको निकटहरू दाबी छ। तर, अर्का नेता जनार्दन शर्माले पनि सोही पदको दाबी गरेपछि दाहाल देवप्रसाद गुरुङलाई महासचिवको जिम्मेवारी दिएका थिए। पुन र शर्मालाई समान व्यवहार गर्दै दाहाल अघि बढेका थिए। तर, अहिले शर्मासँग दाहाल खासै सन्तुष्ट नरहेको निकटहरूको दाबी छ।

प्रकाशित: २७ पुस २०८० १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App