१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनले टुंग्यायो भागबन्डा

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेको सिटमा सत्ता गठबन्धनले भागबन्डा टुंग्याएका छन्। 

नेकपा एकीकृत समाजवादीलाई राष्ट्रिय सभामा अध्यक्ष दिने भन्दै कुल १९ सिटमध्ये नेपाली काँग्रेसले सबैभन्दा बढी १० सिट लिएको छ। तर, नेकपा एसलाई राष्ट्रिय सभा अध्यक्ष दिनेमा कुनै सम्झौतागत कागज नबनाइएकाले पाउने सम्भवना निकै कमजोर छ।

भावण्डा अनुसार माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको बताए। 

उनका अनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ। यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ।  

माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ। यस्तै एकीकृत समाजवादीले बागमती र कर्णालीमा १–१ सिट पाउने गरी सहमति गरिएको छ। अहिले तीन शीर्ष नेताहरु बसेर क्लष्टर टुंगो लगाउन लागेका छन्।

प्रकाशित: २२ पुस २०८० ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App