१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रीको लापरबाही हो भने दण्ड हुन्छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटनामा मन्त्रीको लापरबाही हो भने दण्ड हुनुपर्ने बताएका छन्।

सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले समितिले मन्त्रीको लापरबाही हो भने दण्ड हुनुपर्ने बताएका हुन्।  

उनले भने, ‘पर्सनल सेक्युरिटिज अफिसरहरुले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन होइन भनेर ठिक छ भन्यो भने त्यो बेलामा उसले रोक्दैन। त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो। चरम लापरवाही हो, हेपेको हो। सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ। त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो।’

महामन्त्री थापाले मन्त्रीको लापरवाही पनि हर्नुपर्ने बताए।  ‘यो समितिले मन्त्रीको लपरवाही हेर्छ की हेर्दैनरु लापरवाही हो भने दण्ड हुन्छ। यो त साउनदेखि भएको हो। मंसिरदेखि त निरन्तर आन्दोलन भइरहेको छ। यसमा गृहमन्त्रीज्युले सामान्य जानकारी गराउनुभएको छ। त्यसमा पनि हाम्रा केही आशंका छन्। यो समितिले गृह मन्त्रालयको राजनीतिक नेतृत्व र प्रहरी प्रशासनको सुरक्षाको नेतृत्वले ठिक ढंगले काम गरेको छ की छैनरु यसको ल्याप्सेस कहाँ भयो भन्नेकुरासम्म पुग्छ की पुग्दैनरु श्रममन्त्रीको विषय पनि यहाँ छ। यो महत्वपूर्ण छ।’, उनले भने।

प्रकाशित: १६ पुस २०८० ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App