११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता उदाङ्गीयाे: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एक पटक उदाङ्गो भएको बताएका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले यस्तो बताएका हुन्। उनले हुनाहार युवा देश छाड्न खोज्दा संसार छाड्नु परेको बताएका छन्।

उनले लेखेका छन्,'आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एक पटक उदाङ्गो भएको छ। दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्। आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ।'

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर दुई नेपालीले ज्यानै गुमाउनुपर्ने स्थिति देख्दा आफू मर्माहत भएको उनको भनाइ छ।

प्रकाशित: १३ पुस २०८० १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App