२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक आज

सत्तारुढ दल नेपाली काँग्रेसले आज केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि बस्ने छ। 

बैठकमा सरकारले एक वर्षमा गरेका कामहरूको समीक्षा गर्ने बताइएको छ। साथै काँग्रेसका तर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरूको कार्यशैली, क्षमता र उनीहरूको गरेका कामहरूको समेत समीक्षा हुने एक केन्द्रीय सदस्यले नागरिक न्यूजलाई जानकारी दिए।

यसअघिका बैठकले मिति सारेको महासमिति बैठकको तयारीका तथा निश्चित भइसकेको राष्ट्रिय सभाको निर्वाचनका विषयमा समेत बैठकमा छलफल हुने ती सदस्यले बताए।

प्रकाशित: १२ पुस २०८० ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App