समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन्।
बैठकमा सरकारको एक वर्षको समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बुझिएको छ।
२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए। मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो।
प्रकाशित: ११ पुस २०८० ०३:५० बुधबार