१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलन गर्छौंः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलनलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन्।

आईतवारदेखि बसेको पार्टीको केन्द्रिय समितिको बैठकपछि निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले तत्काल प्रदेशमा रहेका सदस्यहरु फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभइ प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताए।

उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आह्वान समेत गरे।समान धारा भएकाहरु मिलेर जानुको विकल्प नरहेको भन्दै अध्यक्ष लिङदेनले एकले अर्काको खुट्टा तान्ने काम बन्द गर्न आग्रह गरे।

अध्यक्ष लिङदेनले सरकारको एक वर्षे कार्यकाल सुखद् नभएको र देश अर्थतन्त्रसहित सर्वाङ्गिण हिसावले अधोगतितर्फ गएको दाबी गरे।  

प्रकाशित: ३ पुस २०८० ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App