१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

रोजगार र विकास नभएर युवाहरू विदेश गएको कुरा पुरै सत्य होइन:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारी नपाएर युवाहरू बिदेसिएको कुरा आंशिक मात्र सत्य भएको दाबी गरेका छन्।

उनले ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा यस्तो दाबी गरेका हुन्।

‘रोजगार नपाएर विकास नभएर नेपाली युवाहरू विदेश जान लर्को लागेको छ भन्ने कुरा आंशिक सत्य मात्र हो’, उनले भने, ‘विकास नभएर रोजगारी नभएर भनेर मात्र यो रोकिने वाला छैन।’

प्रधानमन्त्री दाहालले रोजगार र विकास नभएर विदेश गएको भाष्य आफूले नस्विकार्ने बताए। ‘यो पुरै विल्कुल सत्य होइन। रोजगार र विकास नभएर हाम्रो पढे लेखेका, युवा विदेश गएका हुन भन्ने म स्विकार्दिन’, उनले भने।  

प्रधानमन्त्री दाहालले पश्चिम नेपालको भ्रमणको समयको उदाहरण दिँदै भने, ‘घरमै बसेर महिनाको ७० हजार तलब पाइरहेकाहरू पनि बिदेसिएका छन्।’  

उनले ‘विदेश पलायन’लाई फेसनका रूपमा व्याख्या गरे। ‘भएको जमिन बाँझो राख्ने, तल्लो स्तर श्रम गर्न बाँकी नराख्ने?’, प्रधानमन्त्री दाहालले भने।

प्रकाशित: २ पुस २०८० ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App