२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गगनको नजरमा प्रचण्ड सरकार पुरै ‘फेल’

सत्तारूढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले  वर्तमान सरकार पूर्ण रूपमा फेल भएको टिप्पणी गरेका छन्।

पर्वतमा काँग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्कन गर्दा १०० मा १० अङ्क मात्रै दिन सकिने बताएका छन्।

आफ्नो दलसमेत  सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको उनको ठम्याई छ।

‘चित्त बुझाउने कुरै छैन, सरकारले काम गर्न सकेकै छैन’, उनले भने, ‘म जस्ता काँग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अङ्क मात्रै पाउने काम गरेको छ।’

पर्वतमा काँग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्कन गर्दा १०० मा १० अङ्क मात्रै दिन सकिने बताएका छन्।

पछिल्लो समय गगन वर्तमान सरकारप्रति निकै आक्रामक हुन थालेका छन्। यसअघि उनले शनिवार पाल्पामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौँ भनेर काँग्रेसले भन्न सक्नुपर्ने बताएका थिए।

काँग्रेसका सांसदहरूले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए। अब एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबिच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके सिंहदरबारबाट खुमलटार (प्रचण्डको निवास) पठाउँछौँ भनेर काँग्रेसले भन्नुपर्ने बताएका हुन्।

प्रकाशित: २ पुस २०८० ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App