१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रवि लामिछाने लन्डनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सांसद् रवि लामिछाने लन्डन आइपुगेका छन्। उनी चारदिने भ्रमणमा लागि आइतबार बिहान लन्डन आइपुगेका हुन्।

उनलाई गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गरुङ, प्रवास नेपाली सम्पर्क यूकेका अध्यक्ष पवन शर्मा लगायत रास्वपा समर्थकले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए।

भ्रमणका क्रममा सभापति लामिछानेले नेपाली समुदायसँग अन्तरक्रिया र बेलायती राजनीतिज्ञहरूसँग भेट्ने कार्यक्रम तय भएको छ। आजै उनले स्वीन्डनका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने प्रवक्ता विष्णु चालिसेले जानकारी दिए।

डिसेम्बर ११ तारिखमा बर्मिङहममा आयोजना हुने अन्तरक्रियामा भाग लिन सभापति लामिछानेले भोलिपल्ट मंगलबार बिहान साउथ इष्ट लन्डन र बेलुका अल्डरसटको एम्पायर हलमा स्थानीय नेपालीसँग अन्तरक्रिया गर्नेछन्।

डिसेम्बर १३ बुधबार बिहान दूतावासमा छलफल कार्यक्रम रहेको छ भने अपराह्न बेलायती संसद् भवनमा राजनीतिक भेटघाट तय गरिएको छ। सो क्रममा लामिछानेले बेलायती छांया विदेश मन्त्री, बेलायती सांसद् एवं राजनीतिज्ञहरुलाई भेट्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जनाए।

प्रकाशित: २४ मंसिर २०८० ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App