coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पौडेलको मुद्दामा कागजपत्र पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले पुनः मतदानको माग गर्दै  रिट दर्ता गरेपछि सर्वोच्चले मतपत्र तथा मुचुल्कासहितका कागजपत्र इजलाशमा पेश गर्न निर्देशन दिएको छ। 

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज प्रदेश (क) मा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो । 

तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा 'क' का उम्मेद्वार पौडेलले पाँच मतले पराजित भएपछि गत मंसिरमा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। 

गत मंसिरमा सम्पन्न निर्वाचनमा उनले १६ हजार ६४१ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी आशा कोइरालाले १६ हजार ६४६ मत प्राप्त गरी विजयी भएकी थिइन्। 

प्रकाशित: १९ पुस २०७४ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App