१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

काँग्रेस सहकारी विभाग प्रमुखमा कँडेल

नेपाली काँग्रेसको सहकारी विभाग प्रमुखमा केन्द्रीय कार्यसमिति सदस्य देवेन्द्रराज कँडेल मनोनयन भएका छन्।  

कँडेललाई सभापति शेरबहादुर देउवाले काँग्रेस विधानकाे दफा ३७ (१) (ग) (ग) अनुसार मनोनयन गरेका हुन्।

यसअघि भदौं १५ कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग, पुष्पा भुसाल महिला विभाग, चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग, किरण यादव तराई-मधेश समन्वय विभाग, योगेन्द्र चौधरी थारु विभाग, गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग, आङ्गेलु शेर्पा पर्यटन विभाग, डा.रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिन आदिवासी जनजाति विभाग, प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनयन भएका थिए।

त्यस्तै रंगमती शाही पिछडिएको क्षेत्र विभाग, गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग, नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग, मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग, सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा मनोनयन भएका थिए।  

प्रकाशित: १ मंसिर २०८० ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App