७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता सास्तीमा :महामन्त्री रास्वपा

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले तीनै तहको सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा पर्न थालेको बताएका छन।

आज  केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय सुनाउँदै महामन्त्री ढकालले तीन तहका सरकारबीच समन्वय अभावका कारण भूकम्प गएको एक साता बित्दा पनि भूकम्प प्रभावित क्षेत्रमा खानेकुरा, त्रिपाल, कम्बल पुर्‍याउने कुरामा ढिलासुस्ती भएकोले राहत वितरण फितलो भएको बताएका छन्।

उनले भूकम्प प्रभावितका लागि समस्या समाधानमा गम्भीर भएर आपासी समन्वय बढाउन तीनै तहका सरकासँग आग्रह गरिएको पनि बताएका छन।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले न्यायोचित राहत वितरण गरेर जनतालाई जोगाउन आग्रह गरिएको महामन्त्री ढकालले जानकारी दिएका छन्।

वर्षाअघि आवास पुनर्निर्माण नभए गाह्रो हुने भएकाले पुनर्निर्माण र पुनर्स्थापनाको काममा छिटो लाग्न पनि रास्वपाले आग्रह गरेको छ।

प्रकाशित: २३ कार्तिक २०८० १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App