९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री खड्का दुबई भ्रमणमा नजाने

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण रद्द गरेका छन्।

जाजरकोट भूकम्पको उद्धारमा आफू सक्रिय रहेको भन्दै उपप्रधानमन्त्री खड्काको कात्तिक २७ देखि मंसिर १ गतेसम्म हुने भनिएको युएई भ्रमण रद्द गरेको रक्षा मन्त्रालयले जनाएको छ।

‘भूकम्प पीडितहरूको राहत, उद्धार र पुनःस्थापना लगायतका कार्यमा माननीय उपप्रधानमन्त्री स्वयम् विपद् प्रभावित क्षेत्रमा निरन्तर क्रियाशील रहनु भएकोले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्ष सहित माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूको नेतृत्वको प्रतिनिधिमण्डलको (युएई) भ्रमण कार्यक्रम रद्द भएको व्यहोरा जानकारी गराइन्छ,’ मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गरेर भनेको छ।  

१३–१७ नोभेम्बर २०२३ सम्म युएईमा आयोजना हुने १८ औँ दुबई एयर–सो २०२३ मा सहभागिताका लागि उनलाई युएई सरकारले आमन्त्रण गरेको थयो। सोही अधारमा उपप्रधानमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल त्यहाँ जानका लागि कात्तिक १६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति समेत प्रदान गरिसकेको थियो।

प्रकाशित: २३ कार्तिक २०८० ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App