७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्री श्रेष्ठले भेट्न समेत दिएनन्ः रास्वपा उपसभापति अर्याल

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन्।

रुकुम र जाजरकोटका सिडियोहरुले मन्त्री र सांसदहरुलाई मात्रै स्वागत गर्नुपरेपछि  भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा पनि आफूले नपाएको उनको गुनासो थियो।

सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उपसभापति अर्यालले मन्त्री र सांसदहरुलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भएपनि भूकम्प पीडितलाई राहत दिने काममा सिडियोहरुलाई लगाउन पनि सरकारलाई सचेत गराए। उनले सरकार आम उपभोक्ताको हितका लागि जिम्मेवार नभएको आरोप पनि पटक पटक लगाए।

उपसभापति अर्यालले भने, ‘रुकुम र जाजरकोटमा भूकम्प गयो। सिडियो साहेवहरु चाहीँ संघीय माननीय र मन्त्रीहरु, अनि प्रदेशमा माननीय र मन्त्रीहरु स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ भने हामी कतातिर गईरहेका छौं भन्ने कुरा चाँही त्यसले पनि देखायो। मैले गृहमन्त्रीज्युलाई भेटेरै तुरुन्तै तपाईले यो काठमाडौंबाट दुई जना सहसचिवहरु पठाई दिनुस् स्वागत गर्नका लागि। त्यहाँ बसेर उहाँहरुले स्वागत गर्नु हुन्छ। तर सिडियोहरुलाई चाहीँ काम गर्न लगाउनुस भन्न गएको। तर उहाँले भेटन समय नै दिनु भएन। अब ठिकै छ । भन्न गएको, भेट्न पाइएन। अब के गर्नु?’

प्रकाशित: २० कार्तिक २०८० १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App