२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

आज एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ। दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

आज बस्ने पूर्वाधार विकास समितिको बैठकमा दशैँ, तिहार तथा छठ लगायतका पर्वहरुमा देशभर ठूलो संख्यामा यात्रुहरुको आवत जावत हुने हुँदा सडक पूर्वाधारको अवस्था र यात्रुहरुलाई सहज रुपमा यातायातको प्रवन्ध गर्न दिएको निर्देशन र सो सम्बन्धमा मन्त्रालयले गरेको कामको समिक्षा, ललितपुर ग्वार्कोस्थित फ्लाई ओभर, कालिमाटीस्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भइ सञ्चालनमा नरहेको पुल र चक्रपथ विस्तार आयोजना अन्तर्गतको कलंकीदेखि वसुन्धरा क्षेत्रको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ।  

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि  छलफल हुनेछ।

प्रकाशित: १३ कार्तिक २०८० ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App