१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारलाई राप्रपा सांसद जबराको आग्रहः अविलम्व जनताप्रति सचेत र सजग होउ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताएका हुन्।

उनले नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन? भन्दै प्रश्न गरे। दशैँ, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन उनले आग्रह गरे।

उनले भने, ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु। तर सन्दर्भ गतिलो छैन। नेपालको जनतालाई अहिले ठूलो दुःख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ। अर्थतन्त्र गिरेको छ। भुईं छोला जस्तो भइसक्यो। यो अवस्थामा सरकार के हेरेर बसेको छ? किन नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि दिन सक्दैन ? हामी संसदमा छौँ। हामी सरकारलाई भन्न चाहन्छौँ। आजको दशैँको बेला तिहार र छठको बेला अविलम्व नेपाली जनताप्रति सजग र सचेत होउ। यो दशैँमा अलिकति भएपनि नेपाली जनतालाई चैन देउ। मुलुक र नेपाली जनता तपाईहरुबाट अलिकति सुख खोजिरहेको छ।’

प्रकाशित: ४ कार्तिक २०८० ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App