१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दलीय व्यवस्थामा निर्दलीय प्रावधान संशोधन गर्नुपर्छ : डा कोइराला

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा शेखर कोइराला । तस्बिर: चुमन बस्नेत /नागरिक

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बहुदलीय व्यवस्थामा  संविधानमा रहेको निर्दलीय प्रावधान संशोधन गर्नुपर्ने बताएका छन्।आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले नेपालमा दलीय व्यवस्था रहेको तर, संविधानमा निर्दलीय सरकारको परिकल्पना गरिएकाले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने बताएका हुन्। 

डा कोइरालाले कोसी प्रदेशमा गठन भएको सरकार संविधानको धारा १६८को उपधारा ५ अनुसार गठन भएको भन्दै उक्त उपधारामा भएको व्यवस्था संशोधन गर्नुपर्ने स्पष्ट पारे।उनले भने‘बहुदलीय व्यवस्थामा निर्दलीय प्रावधान उपयुक्त छैन । त्यस्तो प्रावधानलाई संशोधन गर्नुपर्छ।’ डा कोइरालाले कोसीमा बनेको सरकारका कारण गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे।‘कोसीमा विशेष अवस्था सृजना भएकाले संविधान अनुसार त्यसको निकास मात्रै खोजिएकाले यहाँको परिस्थितिले. गठबन्धनमा कुनै असर पार्दैन।’ डा कोइरालाले कोसी प्रदेशको सरकार दशैं पछि मात्रै बिस्तार हुने बताए।    

प्रकाशित: ३ कार्तिक २०८० १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App