४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले जनताको मत कदर गर्न सकेन्: माधव नेपाल

समाजवादी जागरण अभियान अन्तर्गत कर्णाली प्रदेशमा बोल्दै अध्यक्ष माधव नेपाल। तस्बिर: गोविन्द केसी/नागरिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइ सरकार हुँदा पनि एमालेले जनताको मतको कदर गर्न नसकेका आरोप लगाएका छन्।

समाजवादी जागरण अभियानको समापन कार्यक्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बोल्दै नेपालले यस्तो बताएका हुन्।

उनले दुई तिहाइको सरकार हुँदा सरकार र पार्टी चलाउन नसकेको बताउँदै अध्यादेश मार्फत पार्टी टुक्राउन खोजेको र देश दुर्घटना तर्फ लान खोजको बताए। जनतामा गएको भ्रम चिर्न अभियानले ठुलो सहयोग गरेको र नागरिकहरू आफ्नो पक्षमा उभिएको नेपालले दाबी गरे।

समाजवाद जागरण अभियानले सबै प्रदेशमा पार्टीको सन्देश पुगेको भन्दै जनताहरू झुटको खेती अब विश्वास गर्ने अध्यक्ष नेपालले उद्घोष गरे। देशको राजनीति र पार्टीको धारणा आम नागरिकसम्म अभियान मार्फत पुगेको अध्यक्ष नेपालले बताए। ठाउँ ठाउँमा जान समुदायले अभियानलाई स्वागत गरेको र ५ हजारभन्दा बढी संख्यामा विभिन्न पार्टी परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेको अभियानमा सहभागी नेताहरुले जानकारी दिए। जुन हिसाबले अभियान थालेको हो त्यो अभियान सफल भएको घोषणा समेत अध्यक्ष नेपालले वीरेन्द्रनगरमा गरे। अभियानले पार्टीमा रौनक र उत्साह थपेको छ। अध्यक्ष नेपालले भने, पार्टीको धारणा सार्वजनिकसँगै धेरै नागरिकहरू जोडिएका छन्।

‘कर्णालीमा बिजुली उत्पादन गर्न सक्ने, पशु पालन गर्ने क्षमता र अवस्था धेरै छ।’ अध्यक्ष नेपालले भने, ‘तर, सरकारले कर्णालीमा ध्यान दिएको छैन। विकासको सम्भावना कर्णालीमा धेरै भएपनि सरकारले ध्यान नदिँदा पछाडि परेको हो।’ अभियान २३ जिल्लाका १६ स्थानमा आम सभा र ५४ स्थानमा कोणसभा गरेको जनाइएको छ। जागरण अभियानको समापन कर्णाली प्रदेशबाट गरिएको छ।

अभियान मेचीबाट सुरु भएको अभियान महाकाली पुगेर कर्णालीमा समापन भएको थियो।  समाजवादी जागरण रोजगारी, सुशासन र समृद्धिको विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढाएको बताए। समाजवादी जागरण अभियान समाजवादप्रति मानिसहरूको आकर्षण बढाउन सफल भएको उनको भनाइ थियो। समाजवादी जागरण अभियानमा पार्टीका केन्द्रीय, प्रदेश स्तरीय र जिल्ला गाउँ स्तरका नेता तथा कार्यकर्ताहरू सहभागी थिए। 

प्रकाशित: २८ आश्विन २०८० १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App