१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, यी प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

फाइल तस्बिर

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने छन्।

आजको बैठकमा प्रधानमन्त्री दाहालले “राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व. २०७८/७९” पेश गर्नुहुने, “राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७९/८० पेश गर्नुहुने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन आ.व. २०७९/८० पेश गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।

सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूबाट टेबल गरिने छ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रश्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०८० ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App