२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेशको समृद्धिका लागि तीनै तहमा एमालेको सरकार आवश्यक: भट्टराई

नेकपा एमालेका सचिव तथा मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले मधेशको स्वाभिमानलाई सागरमाथाको उचाइँमा पुर्याउनुपर्ने बताएका छन्।  

भोलिदेखि हुने मधेश प्रदेशको अधिवेशन सम्बन्धी जानकारी गराउन प्रेस चौतारी धनुषाले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले  मधेशको स्वाभिमान र समृद्धिका लागि तीनै तहमा एमालेको सरकार हुनुपर्ने बताए।

उनले भने, ‘प्रदेशमा एमालेको मुख्यमन्त्री चाहिन्छ। प्रदेशको एक सय ३६ वटै स्थानीय तहमा हाम्रो नेतृत्वको प्रमुख चाहिन्छ, यो अधिवेशनको ध्यान त्यतातिर केन्द्रित भएको छ, अहिले जुन शक्तिमा हामी मधेशमा छौं। आउने चुनावबाट यो शक्ति बढाउन चाहन्छौं। त्यस कारणले मधेशमा बहुतम ल्याउनुपर्छ, त्यो लक्ष्यका साथ ६६ हजार २ सय पार्टी सदस्यलाई यो अधिवेशनमा सहभागिता गराएका छौं।’ 

उनले पार्टीले प्रत्येक सदस्यहरुलाई विधान अनुसार प्रतिस्पर्धा गरेर नेतृत्वमा आउने छुट दिएको भन्दै अधिवेशनले कसैको अधिकारलाई कुन्ठित नगर्ने बताए।

प्रकाशित: २३ आश्विन २०८० ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App