१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा ओलीले सम्बोधन गर्दा भिम रावलको खोजी

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आईतबार देखि धनगढीमा शुरु भएको छ।

अधिवेशन उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। उद्घाटनमा  अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा नेता भीम रावलको खोजी भएको छ।

अध्यक्ष ओलीले गत निर्वाचनमा सुदूरपश्चिममा बैतडी र कंचनपुर १ मा गरि २ सिट मात्र जितेको सन्दर्भ उल्लेख गर्दै गर्दा सहभागीका बिचबाट भीम रावल खै भनेर कार्यकर्ताले प्रश्न सोधेका थिए। 

कार्यकर्ताले भीम रावल खै भनेर दुई तीन पटक प्रश्न सोधपछि अध्यक्ष ओलीले शान्त भएर बस्न आग्रह गरे। 

सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा नेकपा एमालेका पूर्व उपाध्यक्ष रावललाई नबोलाइएकोमा उनी समर्थक कार्यकर्ताले असन्तुष्टी जनाएका हुन्। 

उद्घाटन शत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २१ आश्विन २०८० १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App