४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै छन्।

प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए।

कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका छ जना प्रदेशसभा सदस्य छन्।

सत्तापक्ष नेकपा (एमाले) नेतृत्वको सरकारलाई नेपाली कांग्रेस संसदीय दलको निर्णय अनुसार सरकारलाई विश्वासको मत नदिने सार्वजनिक गरिसकेको छ भने अन्य पार्टीले विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेका छैनन्।

प्रकाशित: २० आश्विन २०८० ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App