१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई शेखरले भने सच्चिन सकिंदैन भने सरकार छोड्नु

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चलाउन नसके सरकार छोड्न प्रधानमन्त्री पुष्पकमल दाहालाई आग्रह गरेका छन।

आज काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री दाहालले सरकार छोड्नु पर्ने उनले बताएका हुन्।

नेता कोइरालाले मतदातालाई समेत प्रश्न गरेका छन्, ‘नेतालाई सुध्रनुस भन्नुहुन्छ, भोट हाल्नेबेला तपाईंहरुले सुध्रनुभो ?’ उनले भने।

प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने उनको भनाइ छ।राष्ट्रिय सभालाई पूर्ण समावेशी र प्रतिनिधि सभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुनुपर्ने नेता कोइरालाको भनाई छ। 

प्रकाशित: २० आश्विन २०८० ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App