६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन्: सांसद शर्मा

नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्माले गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताएकी छिन्।

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान गणतान्त्रिक व्यवस्थालाई मन नपराउनेहरू नै धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताएकी हुन । उनले यस प्रकारको द्वन्द्व निम्त्याउन उनीहरुले नै प्रेरित गरिरहेका बताइन।

उनले धार्मिक, सामाजिक सद्भाव कायम गर्नुपर्ने र त्यसका निम्ति सकारात्मक बाटो देखाउनुपर्नेमा जोड दिइन । द्वन्द्व निम्तिन नदिन सबै राजनीतिक दलहरु र नागरिकहरू एक ठाउँमा उभिनुपर्ने बताइन।सांसद शर्माले द्वन्द्व फैलाउन पर्दा पछाडि उभिएकाहरूलाई राज्यले चिन्नुपर्ने जानकारी दिइन।

प्रकाशित: १९ आश्विन २०८० ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App