२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेश मध्यावधिमा जानु उचित होइन:ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेशमा मध्यावधिमा जानु उचित नहुने बताएका छन्। बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा मध्यावधिमा जानु उचिन नहुने बताएका हुन्।  

अहिलेको सरकारले विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने त्यहाँ पनि नरोकिए मध्यावधिमा जाने ओलीले बताए। उनले भने ‘अहिलेको सरकारले विश्वासको मत नपाए त्यसपछि त एउटा खुड्किलो बाँकी रहन्छ। त्यहाँबाट खुट्टा खुस्किए मध्यावधिमा जानेछ।’  

उनले सत्ताको होडबाजीले मध्यावधिको अवस्था आए नेकपा एमाले चुनावबाट नभाग्ने स्पष्ट पारे। उनले एमाले कुनै पनि चुनावबाट नभाग्ने. बताउँदै मध्यावधि भए ४० बाट ५० सिट पु¥याउने दाबी गरे। अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यावधि भए  अहिलेका धेरै दलहरूको सिट पनि बाँकी नरहेने बताए। शान्ति खलबल्याउने कुरो असल मनसायले नहुने भन्दै ओलीले यस्ता गतिविधि देश, जनता र स्थानीय समुदाय कसैको हितमा नभएको स्पष्ट पारे।  

प्रकाशित: १७ आश्विन २०८० ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App