२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बागमती प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

मंगलबार दिउँसोका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो। बुधबार दिउँसो ४ बजे बस्ने गरी बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ। चिठ्ठा विधेयकको विषयलाई लिएर बागमती प्रदेशसभाको बैठक बस्न नसकेको हो।

यसअघि सोमबारको बैठकमा यसै विधेयकको विषयलाई लिएर घम्साघम्सीको अवस्था समेत सृजना भएको थियो। प्रदेश सरकारको तर्फबाट विधेयक पेश गर्न खोजेपछि सोमबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको हो। त्यसबीच एमालेका सांसद र मर्यादापालकबीच घम्साघम्सीको अवस्था समेत आएको थियो।

गत जेठ ७ गते बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुनर्विचार गर्नुपर्ने भन्दै चिठ्ठा सम्बन्धि विधेयक फिर्ता पठाएका थिए। बागमती प्रदेश सरकारले उक्त विधेयकमा कुनै परिवर्तन नै नगरी तथा संसदलाई सूचना नै नदिएर सदनमा पेश गर्न खोजेको आरोप लगाउँदै एमालेले विरोध गर्दै आएको छ। एमालेका सांसदहरुले प्रदेश प्रमुखबाट फिर्ता भएको विधेयक फिर्ता हुनुको कारण र टिप्पणीका विषयमा सांसदहरुलाई जानकारी नै नदिएर गलत बाटोबाट विधेयक पेश गर्न खोज्नु गलत भएको बताउँदै आएका छन्।

एमालेका सांसद्ले विधेयक फिर्ता हुनु परेको कारणहरु स्पष्ट पार्दै सूचना दिएर विधिवत बाटोबाट सदनमा पेश गर्न अनुरोध गर्दै तत्काललाई उक्त विधेयक प्रस्तुत गर्ने बिषय कार्यसूचिबाट हटाउन माग गरिरहेका छन्।  

प्रकाशित: १६ आश्विन २०८० ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App