१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल ल्हासामा

फाइल तस्बिर

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज छोङ्छिङ्बाट ल्हासा पुगेका छन।  

सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री दाहाल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण भएका हुन । गोंगार विमानस्थलमा प्रधानमन्त्रीदाहाललाई सांस्कृतिक झाँकी सहित भव्य स्वागत गरिएको छ ।  

कार्यक्रमको सुची अनुसार आज साँझ प्रम दाहालसङ चीनिया कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत)स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन्। सचिव वाङले प्रम दाहालको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नेछन। चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम दाहालले ल्हासाको भ्रमण गरेका हुन। तिब्बतमा रहदा प्रम दाहालले कैलाश मानसरोवर (ताल ) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ।

 ल्हासामा प्रधानमन्त्री दाहालले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।उनका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू रहेका छन। यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छोङछिङ सहर पुगेका थिए। त्यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए।

प्रकाशित: १० आश्विन २०८० ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App