१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्व सभामुख ढुङ्गानाको प्रश्न: राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो

पूर्व सभामुख दमननाथ ढुङ्गानाले राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालिएको बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले २०५२ सालदेखि २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए। उनले बिपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेका बताए। उनले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी भएको बताए। उनले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो ग¥यौं भन्ने ठाउँ नरहेको धारणा राखे।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं एमाले नेता अग्नि खरेलले संविधान संशोधनको मामिलालाई धेरै नकारात्मक रुपमा लिँदा २०४७ सालको संविधानको हालत जस्तै हुने बताए। उनले २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐनले अहिलेको संघीयताको भन्दा बढी स्थानीय तहमा अधिकार दिएको बताए। उनले तर संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानमाथि नै प्रश्न उठेर परिवर्तन गर्नुपरेको बताए। उनले संविधान संशोधन जरुरी रहेको र संघीयतालाई अझै पनि परीक्षण गर्न जरुरी रहेको धारणा राखे।

कार्यक्रममा माओवादी नेता एवं पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको संविधान टिकाउनुपर्ने बताए। उनले अहिलेको संविधानलाई आवश्यक स्थानमा परिमार्जन र संशोधन गर्नुपर्ने धारणा राखे। उनले संशोधन र परिमार्जनका लागि कुनै आयोग गठन हुनुपर्ने बताए। निर्वाचन प्रणाली संशोधन हुनुपर्नेमा आफू सहमत रहे पनि गणतन्त्र, धर्म निरपेक्ष, सङ्घीयता र अन्य फण्डामेण्टल कुरा कुरामा संशोधन गर्न नसकिने बताए।

उनले माओवादीले त्यसै जनयुद्ध ग¥यो भन्ने कुरा उठेको भन्दै माओवादीसँग सम्झौता भएको माया गरेर नभएको बताए। उनले त्यस बेलामा रहेका सात दलले पनि माओवादीलाई जित्न नसक्दा र राजाले पनि जित्न नसकेको र माओवादीले पनि राजालाई जित्न नसक्दा सम्झौता भएको बताउनु भयो। 

प्रकाशित: ५ आश्विन २०८० ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App