१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

न्यूयोर्कमा प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाबिच भेटवार्ता हुँदै।तस्वीर रासस

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छिन्।

मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा  भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन।

न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

प्रकाशित: ३ आश्विन २०८० ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App