१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।  

बैठकमा प्रधानमन्त्री दाहालको आशन्न अमेरिका भ्रमण र चीन भ्रमणको बारेमा जानकारी दिने बताइएको छ। त्यसै गरी समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ।  

प्रधानमन्त्री दाहाल शनिबार शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै छन्। दाहाल त्यहीबाट ५ असोजमा चीन भ्रमणमा जाने पनि तय भएको छ।

प्रकाशित: २९ भाद्र २०८० ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App