१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

टाइम म्यागेजिनको ‘वर्ष सय’ उदीयमान व्यक्तिहरूको सूचीमा मेयर शाह

क्याप्शन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्व प्रसिद्ध टाइम  म्यागेजिनको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल भएका छन्।  

हरेक वर्ष टाइम म्यागेजिनले सार्वजनिक गर्ने ‘वर्ष सय’ व्यक्तिहरूको सूचीमा मेयर शाह पनि परेका छन्।

सन् २०२३ को सूचीमा मेयर शाह उदीयमान नेताहरू तर्फ १५ औँ स्थानमा परेका छन्। वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई समावेश गरेको हो।  

शाहलाई ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ। ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर पनि म्यागेजिनमा गरिएको छ।

प्रकाशित: २८ भाद्र २०८० ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App