२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट च्यासल लगियो (तस्बिरहरू)

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिएको छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयतर्फ लगिएको हो।

नेम्वाङको पार्थिव शरीरलाई मंगलबार च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ। उनको भोलि राजकिय सम्मानको साथ अन्त्येष्टि हुँदै छ।

विदेशमा रहेका उनका २ छोराहरु आएपछि मात्र अन्त्येष्टि गरिने भएकाले आज उनको पार्थिव शरीर पार्टी कार्यलयमै रहनेछ। सरकारले उनको अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने जनाएको छ।

 

प्रकाशित: २६ भाद्र २०८० ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App